२३ साउन, मकवानपुर। मकवानपुरमा पहिरोमा परेर ७ जना बेपत्तामध्ये एक जनाको भएको छ । काभ्रेको खानीखोला र मकवानपुरको बागमती गाउँपालिकाको सिमानामा पर्ने सिक्रे खोलामा पहिरोमा परेर एक जनाको मृत्यु भएको हो भने ६ जना बेपत्ता भएका हुन् ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार अक्कल बहादुर स्याङ्तानको परिवारलाई पहिरोले बगाउँदै ६ जना बेपत्ता भएका हु्न् । उनीहरूको खोजी कार्य जारी राखिएको प्रहरीले जनाएका छन् ।
पहिरोमा परेर बेपत्ता हुनेहरूमा ६० वर्षका अक्कलबहादुर स्याङ्तान, उनकी छोरी २२ वर्षकी शिला पहरी, ज्वाइँ २५ वर्षका जीवन पहरी, नाति चार वर्षका मिलन पहरी, नातिनी डेढ वर्षकी दिव्या पहरी र सिन्धुली जिल्ला हरिहरपुर गाउँपालिका– १ कोटकीका अन्दाजी १६–१७ वर्षीय पासाङ घिसिङ रहेको प्रवक्ता कार्कीले जानकारी दिए ।
पहिरोमा अक्कलकी श्रीमती ५५ वर्षकी सन्तमाया स्याङ्तानलाई स्थानीयले उद्धार गरी मेडिकलमा लगेकोमा उपचारको क्रममा मृत्यु भए