२२ साउन, काठमाडौँ। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आज पनि संघीय संसद्अन्तर्गत राष्ट्रिय सभाको बैठक अवरुद्ध गरेको छ ।
सुन तस्करी प्रकरणको अनुसन्धानका लागि उच्च स्तरीय छानबिन समिति गठनको माग गर्दै आज पनि एमालेले राष्ट्रियसभा बैठक अवरुद्ध गरेको हो ।
राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनाले विरोधको कार्यक्रम परिवर्तन गरेर बैठक सञ्चालन गर्ने वातावरण बनाउन पटकपटक आग्रह गर्दा पनि एमाले सांसदले उठेर विरोध जनाइरहेका छन् ।