समाचार

आईएमई लाइफले वार्षिकोत्सवमा गर्यो सामाजिक उत्तरदायित्वका कार्यक्रम

२२ श्रावण २०८०, सोमबार ०७:२१
आईएमई लाइफले वार्षिकोत्सवमा गर्यो सामाजिक उत्तरदायित्वका कार्यक्रम

२२ साउन, बागलुङ। आईएमई लाइफ इन्स्योरेन्स कम्पनिले आफ्नो छैटौं बार्षिक उत्सवको अवसरमा हिजो देशका विभिन्न प्रदेशमा रहेका मानव सेवा आश्रमका बृद्धा र बालबालिकाहरुलाई सहयोग प्रदान गरेको छ । कम्पनीले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त सहयोग गरेको हो ।

कोसी प्रदेशमा बिर्तामोड र विराटनगर शाखाले परोपकार तथा अनुसन्धान केन्द्रद्वारा सञ्चालित हाम्रो साझा घरमा रहेका ४० जनाभन्दा बढी वृद्धवृद्धालाई झुल तथा खाद्यान्न सामग्री वितरण गरेको कम्पनीले जनाएको छ । त्यस्तै, मधेस प्रदेशमा वीरगन्ज र हरिवन शाखाले मानव सेवा आश्रम हरिवन र वीरगन्जमा खाद्यान्न सामग्री वितरण गरेको जनाइएको छ ।

बागमती प्रदेशको काठमाडौंको सोह्रखुट्टेमा रहेको असहाय ज्येष्ठ नागरिक आश्रम तथा भक्तपुरको मानव कल्याण समाज सेवा घर तथा नारायणघाट शाखाले चितवन मानव सेवा आश्रममा सरसफाइका सामग्री हस्तान्तरण र खाजा खुवाउने कार्यक्रम गरेको कम्पनीले जनाएको छ ।

त्यसैगरी गण्डकी प्रदेशको बाग्लुङ शाखाले बाग्लुङ मानव सेवा आश्रममा बस्नुभएका वृद्धवृद्धादेखि बालबालिकाहरूलाई भोजन सहयोग गरेको थियो । वालिङ शाखाले श्री शिव पार्वती बृद्धाश्रम, राम्दिमा रहेका बृद्धहरूका लागि फलफूल, नगद र सिलिङ्ग पंखा वितरण गरेको थियो ।

दमौली शाखाबाट उज्यालो मानव सेवा आश्रममा खाना खुवाउने कार्यक्रम गरिएको थियो । कर्णाली प्रदेशबाट नेपाल बीमा प्राधिकरण प्रदेश प्रमुख पदम सोडारीको उपस्थितिमा बादी सरोकार मन्च, सुर्खेतलाई खाद्यान्न सामाग्री वितरण गरिएको कम्पनीले जनाएको छ ।  उक्त मन्च अन्तर्गत आश्रममा एक सय दश जना लोपोन्मुख बादी जातिका बाल विद्यार्थीहरू बस्ने गर्छन् ।

प्रतिक्रिया दिनुहोस्