२२ साउन, काठमाडौं । संसद्को गतिरोध अन्त्य गर्न सभामुख देवराज घिमिरेले आह्वान गरेको प्रमुख तीन दलका शीर्ष नेताहरूसहितको बैठक जारी छ ।
संसदीय समितिलाई पूर्णता दिन र संसदमा देखिएको अवरोध अन्त्यका लागि सभामुख र प्रमुख तीन दलका शीर्ष नेताबीचको छलफल सुरु भएको नेकपा एमाले संसदीय दलका सचेतक महेश बर्तौलाले जानकारी दिए।
सिंहदरबारमा बसेको बैठकमा सभामुखसँगै प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली सहभागी छन् । बैठकमा यी दलका सचेतकहरू पनि सहभागी रहेका प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।