खेलकुद

मेसीको उत्कृष्ट प्रदर्शनप्रेरित इन्टर मियामी लिग्स कपको क्वार्टरफाइनलमा

२२ श्रावण २०८०, सोमबार ०६:५२
मेसीको उत्कृष्ट प्रदर्शनप्रेरित इन्टर मियामी लिग्स कपको क्वार्टरफाइनलमा

२२ साउन, काठमाडौं । लियोनल मेसीको असाधारण प्रदर्शनप्रेरित अमेरिकी मेजर लिग सकर (एमएलएस)को क्लब इन्टर मियामी लिग्स कपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

सोमबार बिहान मेसीले दुई गोल गर्दा इन्टर मियामीले संघर्षपूर्ण खेलमा ड्यालसलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै लिग्स कपको क्वाटरफाइनलमा स्थान बनायो। निर्धारित समय ४-४ गोलको बराबरी भएपछि खेलको निर्णय टाइब्रेकरबाट लिएको थियो। जहाँ ५-३ ले मियामीले खेल आफ्नो पक्षमा पार्‍यो।

निकै रोमाञ्चक बनेको खेलको निर्धारित समय ४–४ को बराबरीमा सकिएको थियो । त्यसपछि खेलको निर्णय सोझै पेनाल्टी सुटआउटबाट लिइएको हो ।

पेनाल्टीमा मियामीका लागि मेसी, सर्जिओ बुस्केट, लियोनान्ड्रो क्याम्पाना, कमल मिलेर र बेन्जामिन क्रेमास्चीले गोल गरे । डल्लासका पाउलो एरिओला, फाकुन्डो क्विंगनोन र जिसस फेरिराले गोल गरे । पाक्सटोन मोमिकलको प्रहार भने अकासिएको थियो ।

प्रतिक्रिया दिनुहोस्