समाचार

नागढुंगा–नौबिसे सुरुङको रेस्क्यू टनेल सोमबार ‘ब्रेक थ्रू’

२२ श्रावण २०८०, सोमबार ०१:५८
नागढुंगा–नौबिसे सुरुङको रेस्क्यू टनेल सोमबार ‘ब्रेक थ्रू’

२२ साउन, काठमाडौं। नागढुंगा–नौबिसे सुरुङ मार्गको रेस्क्यु टनेलको सोमबार ‘ब्रेक थ्रु’ हुने भएको छ।

२०७६ कात्तिक ४ गते शिलान्यास भई निर्माण थालिएको रेस्क्यू टनेलको सुरुङ निर्माणको काम सोमबारदेखि सकिने भएको हो। आइतबार दिउँसोसम्म एक मिटर मात्र रेस्क्यू टनेलको काम बाँकी रहेको छ।

अब ‘ब्रेक थ्रु’ गर्नका लागि एक मिटर मात्र ‘रेस्क्यू टनेल’को काम बाँकी रहेको सो परियोजनाले जनाएको छ । २०७६ कात्तिक ४ गते शिलान्यास भई निर्माण थालिएको रेस्क्य टनेलको सुरुङ निर्माणको काम सोमबारदेखि सकिन लागे पछि एक मिटर मात्रै बाँकी राखिएको हो । जो आज ‘ब्रेक थ्रु’ गरिने छ ।

सोमबार दिउँसो भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला पुगेपछि रेस्क्यू टनेलको ‘ब्रेक थ्रू’ हुने सडक विभाग वैदेशिक महाशाखाका प्रमुख विजय जैसीले बताए। ‘साउन २२ गते दिउँसो रेस्क्यू टनेल ब्रेक थ्रू हुँदै छ,’ जैसीले भने।

२.५ किलोमिटर रहेको नागढुंगा–नौबिसे सुरुङमार्गको रेस्क्यू टनेलसँग मुख्य टनेलको काम पनि अब १८ प्रतिशत मात्र बाँकी रहेको छ। २.६ किलोमिटर लम्बाइ रहेको मुख्य टनेलको ५ सय ६ मिटर मात्र बाँकी छ।

प्रतिक्रिया दिनुहोस्