खेलकुद

दीपेन्द्रसिंह ऐरी सम्मिलित मोन्टेरियलले जित्यो उपाधि

२२ श्रावण २०८०, सोमबार ०१:५१
दीपेन्द्रसिंह ऐरी सम्मिलित मोन्टेरियलले जित्यो उपाधि

२२ साउन, काठमाडौं। नेपाली अलराउन्डर दीपेन्द्रसिंह ऐरी सम्मिलित मोन्टेरियल टाइगर्सले ग्लोबल टी–२० क्यानडा (क्रिकेट) २०२३ को उपाधि जितेको छ।

सन्दीप लामिछाने सम्मिलित सर्रे जगुअर्सलाई पाँच विकेटले पराजित गर्दै टाइगर्सले उपाधि जितेको हो । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको जगुअर्सले २० ओभरमा ५ विकेट गुमाउँदै १३० रन बनाएको थियो। जितका लागि १३१ रनको विजयी लक्ष्य पछ्याएको मोन्टेरियलले निर्धारित २० ओभरमा ५ विकेट नै गुमाएर पूरा गर्‍यो।

मोन्टरियलको जितमा नेपाली खेलाडी दिपेन्द्र सिंह ऐरीले १७ बलमा १६ रन बनाएर रिटायर्ड आउट भएका थिए । दिपेन्द्रले यस सिजनका ८ खेलमा १४३ रन बनाएका छन् । यसअघि पहिला ब्याटिङ गरेको सर्रेले २० ओभरमा ५ विकेट गुमाएर १३० रन बनाएको थियो ।

टाइगर्सको जितमा दीपेन्द्रले १७ बलमा एक चौकासहित १६ रन बनाउँदै रिटायर आउट भएका थिए । फाइनल खेलमा सन्दीप भने विकेटविहीन रहे । दीपेन्द्रले पहिलो पटक कुनै अन्तर्राष्ट्रिय लिग खेलेका थिए । अब दुवै खेलाडी नेपाल फर्किएर एसिया कपको तयारीमा जुट्नेछन् ।

प्रतिक्रिया दिनुहोस्