समाचार

सुन प्रकरणमा आजदेखि सीआईबीले अनुसन्धान गर्दै

२२ श्रावण २०८०, सोमबार ०१:१२
सुन प्रकरणमा आजदेखि सीआईबीले अनुसन्धान गर्दै

२२ साउन, काठमाडौं । सुन तस्करी प्रकरणमा आज सोमवारदेखि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अनुसन्धान गर्ने भएको छ ।

उक्त सुन बरामद गरेको राजस्व अनुसन्धान विभागले साउन ३ गते बरामद गरेको सुनको बारेमा अनुसन्धान गरेको विभागले सुनका खास व्यापारी पत्ता लगाउन नसकेपछि थप अनुसन्धान गर्न सीआईबीलाई जिम्मा दिने निर्णय गरेको हो । १९ दिन लामो अनुसन्धानमा मुख्य अपराधी पत्ता लगाउन नसकेको विभागले अन्ततः थप अनुसन्धानका लागि नेपाल प्रहरीको साहारा लिने निर्णय गरेको छ ।

पक्राउ परेका १७ जना आरोपीलाई आइतवार साँझ राजस्व अनुसन्धान विभागबाट सीआईबीको हिरासतमा ल्याइएको छ । ‘आरोपीसहित मिसिलहरू आइपुगेको छ, अब सोमवार अनुसन्धान अधिकृत तोकेर मिसिलको अध्ययन तथा थप अनुसन्धान अघि बढ्छ,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्