२२ साउन, काठमाडौं । दक्षिणी पाकिस्तानमा रेल दुर्घटना हुँदा कम्तीमा ३० जनाको मृत्यु भएको छ भने १०० जना घाइते भएका छन् ।
कराचीबाट एबोटाबादतर्फ गइरहेको हजारा एक्सप्रेसको रेल आइतबार दिउँसो सिन्ध प्रान्तको संघार जिल्लामा दुर्घटना भएको थियो । रेलको इन्जिन छुट्टिएपछि १० वटा डिब्बा पल्टिएको र ३० जनाको मृत्यु भएको बीबीसीले जनाएको छ ।
दुर्घटनाबारे अनुसन्धान सुरु भइसकेको जानकारी दिएका छन् ।