समाचार

प्रहरी चारित्रिक प्रमाणपत्र प्रमाणीकरण अब अनलाइनबाटै

२१ श्रावण २०८०, आईतवार ०८:३४
प्रहरी चारित्रिक प्रमाणपत्र प्रमाणीकरण अब अनलाइनबाटै

२१ साउन, काठमाडौँ । परराष्ट्र मन्त्रालय अन्तर्गतको कन्सुलर सेवा विभागले आज (आइतबार)देखि प्रहरी चारित्रिक प्रमाणपत्रलाई पूर्ण रुपमा अनलाइन माध्यमबाट प्रमाणीकरण गर्ने भएको छ।

आइतबार काठमाडौंको त्रिपुरेश्वरस्थीत विभागमा आयोजित एक कार्यक्रमकाबीच परराष्ट्रमन्त्री एनपी साउदले प्रहरी चारित्रिक प्रमाणपत्र प्रमाणीकरण कार्यलाई पूर्णरुपमा अनलाइन माध्यमबाट प्रमाणीकरण गर्ने कार्यको शुभारम्भ गरेका हुन् ।

यसअघि सोही कामका लागि दैनिक करिब एक हजार ५०० जना विभाग पुग्ने गरेका थिए । सो अवसरमा मन्त्री साउदले यो सेवा सार्वजनिक सेवा प्रवाह प्रभावकारीरुपमा प्रदान गर्ने योजनामा कोशेढङ्गा सावित भएको बताउँदै मन्त्रालयका अन्य सेवालाई पनि नयाँ प्रविधिको सदुपयोग गरी अनलाइन माध्यमबाटै प्रदान गरिने जानकारी दिए ।

त्यस्तै, मन्त्री साउदले राष्ट्रिय एकतालाई मजबुद गर्ने गरि परस्पर लाभका आधारमा अन्तर्राष्ट्रिय सम्बन्ध स्थापीत गर्न खोजिएको धारणा राखे । उनले विदेशी नीतिमा सबै पार्टीको सहमति हुनका लागि प्रयन्त जारी रहेको भन्दै राष्ट्रिय सहमतिका लागि सबै दलको विचार ग्रहण गर्न तयार रहेको बताए ।

वर्तमान सरकार गठन भएपनि प्रधानमन्त्रीको फलदायी भारत भ्रमण भएको र महत्वपूर्ण उपलब्धी हाँसिल भएको भन्दै मन्त्री साउदले सेप्टेम्वरको अन्तिम सातामा प्रधानमन्त्रीको चीन भ्रमणको तयारी भइरहेको जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्