राजनीति

माओवादी केन्द्र कर्णाली प्रदेश सम्मेलन सुरु

२५ मंसिर २०७८, शनिबार ११:००
माओवादी केन्द्र कर्णाली प्रदेश सम्मेलन सुरु

२५ मंसिर, सुर्खेत । नेकपा माओवादी केन्द्र कर्णाली प्रदेशको प्रथम सम्मेलन आजदेखि सुर्खेतमा सुरु भएको छ।

सम्मेलनको उद्घाटन भर्चुअल माध्यमबाट पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गरेको छन् । दुई दिनसम्म सञ्चालन हुने सम्मेलनबाट ९ पदाधिकारीसहित २ सय ११ जनाको प्रदेश कमिटी चयन हुने माओवादी कर्णाली प्रदेश संयोजकमा राजकुमारले बताए ।

उनका अनुसार एक अध्यक्ष, तीन उपाध्यक्ष, सचिव, तीन सहसचिव र कोषाध्यक्ष गरी नौ जना पदाधिकारीसहित २ सय ११ सदस्यीय प्रदेश कमिटी चयन र तीमध्ये १० प्रतिशत भने मनोनित हुनेछन्।

संयोजक शर्माले द्धन्द्ध र जनआन्दोलमा घाइते भएका र समस्यामा परेका नागरिकका लागि उनिहरुको माग सम्बोधन गर्नको लागि पार्टीको नयाँ नेतृत्व वडा, पालिका हुँदै प्रदेशसम्म आइपुगेको बताए ।

साथै माओवादीले पुस ११ गतेदेखि १३ गतेसम्म पार्टीको राष्ट्रिय सम्मेलन गर्ने समेत जनाएको छ  ।

प्रतिक्रिया दिनुहोस्