समाचार

शेखरलाई रामचन्द्र र शशांकको साथ, मनोनयन दर्ता

२५ मंसिर २०७८, शनिबार १०:२८
शेखरलाई रामचन्द्र र शशांकको साथ, मनोनयन दर्ता

२५ मंसिर, काठमाडौं ।   नेपाली कांग्रेसको संस्थापनइतरका सभापतिमा आधिकारिक उम्मेदवार शेखर कोइराला बनेका छन्। इतरपक्षका नेता रामचन्द्र पौडेल र शशांक कोइरालाले शेखरलाई सघाउने बताएका छन्।

महामन्त्री शशांक कोइरालाले भने केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका छन् । अर्का नेता डा. रामशरण महत, अर्जुन नरसिंह केसी लगायतले भने सदस्यमा उम्मेदवारी दिएका छन् ।

यस्तै महामन्त्रीमा प्रभावशाली युवा नेता गगन थापा र मीनेन्द्र रिजाल उम्मेदवार बन्ने पक्का भएको छ । सहमहामन्त्रीमा खुलातर्फ देवराज चालिसे, महिलामा कमला पन्त, पिछडिएको क्षेत्रबाट बद्री पाण्डे, दलितबाट जीवन परियार, मधेशीबाट रामकृष्ण यादव, थारुबाट तेजुलाल चौधरी, आदिवासी जनजातिबाट विकास लामा र अल्पसंख्यकबाट वकिल मिया उम्मेदवार बन्ने पक्कापक्की भएको छ ।

आफ्नो समूहलाई एकजुट बनाउन नसकेपछि भावुक वक्तव्यसहित चुनावी मैदानबाट बाहरिएका पौडेल सदस्यको उम्मेदवार नबन्ने भएका छन् ।

प्रतिक्रिया दिनुहोस्