अर्थ / वाणिज्य

कामना सेवा विकास बैंकको नाफा ४३ करोडभन्दा बढी

१८ श्रावण २०८०, बिहीबार ०७:३९
कामना सेवा विकास बैंकको नाफा ४३ करोडभन्दा बढी

१८ साउन , काठमाडौंकामना सेवा विकास बैंकले गत आर्थिक वर्ष २०७९÷८० को चौंथो त्रैमासिक वित्तीय विवरण प्रकाशित गरेको छ । उक्त वित्तीय विवरण अनुसार बैंकले ४३ करोड रुपैयाँ बढी खुद नाफा कमाएको छ ।

बैंकले प्रकाशित गरेको वित्तीय विवरणअनुसार अघिल्लो त्रैमासको तुलनामा खराब कर्जामा पनि सुधार भएको देखिन्छ । आ.व. ७९।८० को तेस्रो त्रैमासमा ३.२७ प्रतिशत रहेको खराब कर्जा चौथो त्रैमासमा आइपुग्दा घटेर २.९८ प्रतिशतमा झरेको छ । बैंकको बेसरेटसमेत तेस्रो त्रैमासको तुलनामा घटेको देखिन्छ । अघिल्लो त्रैमासमा १२.५६ प्रतिशत रहेको बेसरेट घटेर ११.९३ प्रतिशत कायम भएको देखिन्छ ।

समिक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी बढेको छ । तर, संचालन खर्च तथा इम्पेरमेन्ट चार्ज वृद्धि भएपछि नाफा घटेको हो । समिक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ८.६५ प्रतिशतले वृद्धि २ अर्ब १६ करोड ५० लाख रुपैयाँ कायम भएको छ। बैंकको कुल संचालन आम्दानी पनि ४.५५ प्रतिशतले वृद्धि भई २ अर्ब ४१ करोड ९४ लाख रुपैयाँ बढी पुगेको छ।

समिक्षा अवधिमा बैंकले ४३ करोड ११ लाख ९८ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यद्यपि, अघिल्लो आवको तुलनामा भने बैंकको नाफामा २६.९३ प्रतिशतले कमी हो । अघिल्लो आवमा बैंकले ५९ करोड बढी नाफा कमाएको थियो ।

बैंकको चुक्ता पुँजी ३ अर्ब २८ करोड ११ लाख रुपैयाँ छ । बैंकले जगेडा कोषमा भने १ अर्ब ५२ करोड ४३ लाख रुपैयाँ राखेको छ । बैंकको प्रतिशेयर आम्दानी १३ रुपैयाँ १४ पैसा र प्रतिशेयर नेटवर्थ १४६ रुपैयाँ ४६ पैसा छ ।

प्रतिक्रिया दिनुहोस्