१८ साउन ,काठमाडौँ । टेलिभिजन अन्तर्वार्तामा विवादास्पद अभिव्यक्ति दिएको आरोपमा पक्राउ परेकी अधिवक्ता भगवती पाण्डे थुनामुक्त भएकी छिन्।
जिल्ला अदालतले उनलाइ बुधबार नै थुनामक्त गर्न आदेश दिएको हो। जिल्ला अदालतले हिरासतमा राखेर अनुसन्धान गर्नका लागि अनुमति नदिएपछि उनी थुनामुक्त भएकी हुन्।
अधिवक्ता पाण्डेले एक टेलिभिजन अन्तर्वार्ताका क्रममा मुस्लिम, मगर र तामाङ समुदायमा दाजु बहिनीबीच विवाह हुने अभिव्यक्ति दिएकी थिइन्। उनको सो अभिव्यक्तिप्रति तामाङ समुदायले विरोध गर्दै बुधबार काठमाडौं प्रहरी परिसर घेराउ गर्दै तोडफोडमा उत्रिएको थियो ।
उनी विरुद्ध नेपाल तामाङ घेदुङको तर्फबाट कुमारसिंह घिसिङ र नेपाल मगर संघका ज्ञानेन्द पुनले जातीय भेदभाव तथा छुवाछुत गर्न नहुने कसुरमा जिल्ला प्रहरी परिसर काठमाडौंमा जाहेरी दिएका थिए।