१८ साउन ,काठमाडौँ । जनमत पार्टीको केन्द्रीय समितिको बैठक सुरू हुन लागेको छ । सिके राउत नेतृत्वको जनमत पार्टीको बैठक काठमाडौंको बुद्धनगरस्थित एक पाटी प्यालेसमा बस्दैछ ।
केन्द्रीय समिति विस्तार गरेपछिको यो पहिलो बैठक हो । यो बैठकमा नयाँ केन्द्रीय सदस्यहरूको शपथग्रहण हुनुको साथै परिचय गराउने काम समेत हुने बताइएको छ । मिसन ८४ अन्तर्गत पार्टीका अध्यक्ष सिके राउतबाट प्रशिक्षण दिने कार्य समेत हुने एक नेताले बताए ।
सो पार्टीका अनुसार बैठकमा नयाँ केन्द्रीय सदस्यहरूको शपथग्रहण हुने तथा त्यसपछि अध्यक्ष राउतले केन्द्रीय सदस्यहरूलाइ राजनीतिक प्रशिक्षण दिने कार्युसची रहेको छ ।
त्यसका लागि पुरै पार्टी पङ्क्तिलाई सक्रिय बनाएको छ । हिजो राष्ट्रिय परिषद्को बैठक तथा प्रशिक्षण थियो भने त्यसअघि वडास्तर, प्रतिनिधि सभा, प्रदेश सभा, जिल्ला इन्चार्ज, मधेस प्रदेश समिति, लुम्बिनी प्रदेश समितिलगायतको प्रशिक्षण तथा बैठक सम्पन्न भइसकेको छ ।