समाचार

प्रकाशमानको टिममा पुगिन् कोइराला

२५ मंसिर २०७८, शनिबार ०६:००
प्रकाशमानको टिममा पुगिन् कोइराला

२५मंसिर, काठमाडौं ।  नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले उपसभापतिमा उम्मेदवारी घोषणा गरेकी छन्।

सभापतिका दाबेदार प्रकाशमान सिंहको सचिवालयले कोइराला सिंहको टिमबाट उपसभापति उठ्ने दाबी गरेको छ। पार्टी प्यालेसमा नेतृ कोइराला सिंहसँगै देखिएकी हुन्।

सिंहले शनिबार नै आफूसहितको प्यानल घोषणा गर्न लागेका छन्। नेता शेखर कोइराला सभापतिका लागि उम्मेदवारी दिने तयारी गरिरहँदा कोइराला परिवारभित्रकै सदस्य सुजाता भने सिंहको समूहमा देखिएकी हुन्।

प्रतिक्रिया दिनुहोस्