१८ साउन ,काठमाडौँ । नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटीको बैठक सुरु भएको छ।
प्रज्ञाभवन कमलादीमा जारी बैठकमा बुधबार अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रस्तुत गरेको राजनीतिक र सांगठनिक प्रतिवेदनमाथि आज केन्द्रीय सदस्यले आ–आफ्ना धारणा राख्नेछन्।
केन्द्रीय सदस्यहरूलाई बोल्नका लागि ५ मिनेटको समय उपलब्ध गराइएको छ। माओवादी नेतृत्वको सरकारको कामको प्रशंसा गरेका छन् भने पार्टीबाट मन्त्री बनेका नेताहरूको कार्यशैली र व्यवहारको कडा आलोचना गरेका छन्।