अर्थ / वाणिज्य

बिहीबार सुनको मूल्य घट्यो

१८ श्रावण २०८०, बिहीबार ०६:१६
बिहीबार सुनको मूल्य घट्यो

१८ साउन ,काठमाडौँ । नेपाली बजारमा सुनको मूल्यमा आज घटेको छ ।

हिजो सुनको मूल्य प्रतितोला एक लाख १२ हजार चार सय रुपैयाँमा कारोबार भएकोमा आज दुई सय रुपैयाँले घटेको हो । आज छापावाल सुनको मूल्य तोलामा एक लाख १२ हजार दुई सय रुपैयाँ रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

तेजावी सुनको मूल्य प्रतितोला एक लाख ११ हजार ६५० रुपैयाँ रहेको छ ।  त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । हिजो चाँदीको मूल्य प्रतितोला एक हजार चार सय ६० रुपैयाँमा कारोबार भएकोमा आज घटेर एक हजार ४२५ रुपैयाँ मूल्य कायम भएको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्