समाचार

बस र भ्यान ठोक्किँदा एक जनाको मृत्यु, ५ घाइते

२५ मंसिर २०७८, शनिबार ०५:४५
बस र भ्यान ठोक्किँदा एक जनाको मृत्यु, ५ घाइते

झापा । बस र मारुती भ्यान एक-आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । पाँच जना घाइते भएका छन् ।

शनिबार बिहान झापाको बाह्रदशी गाउँपालिका– ३ स्थित लक्ष्मीपुर–राजगढ सडक खण्डमा शनिवार बिहान ७ बजे उत्तरबाट दक्षिण तर्फ आउँदै गरेको प्र- १-०१-००१ ख ३५२४ नम्बरको बस र विपरीत दिशाबाट जाँदै गरेको मे १ च २२२६ मारुती भ्यान एक आपसमा ठोक्किँदा प्रहरी कार्यालय झापाजे जनाएको छ ।

दुर्घटनामा परी भ्यानमा सवार ६ जना घाइते भएका थिए । घाइतेमध्ये भ्यान चालक बाह्रदशी गाउँपालिका–१ निवासी ३४ वर्षीय मिलन भन्ने प्रमोदचन्द्र उप्रेतीको उपचारको क्रममा मृत्यु भएको छ ।

प्रहरीका अनुसार चिसो बढेसंगै बाक्लो हुस्सुका कारण दुर्घटना भएको हो। घाइतेहरुको अहिले उपचार भइरहेको छ । उनीहरुको टाउको, हात र शरीरका विभिन्न भागमा चोट लागेकोल छ ।

प्रतिक्रिया दिनुहोस्