अर्थ / वाणिज्य

सेयर बजारमा सामान्य सुधार

१७ श्रावण २०८०, बुधबार ०९:४७
सेयर बजारमा सामान्य सुधार

१७ साउन,काठमाडौँ । सेयर बजारमा बुधबार सुधार देखिएको छ । यस दिन नेप्से सूचक ९.२५ अंकले बढेर २०८६.८४ विन्दुमा आएको छ । १ अर्ब ८१ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । 

आज जलविद्युत्, व्यापार र लघुवित्तबाहेक अरू सबै समूहको शेयर सामान्य बढेको छ । सबैभन्दा धेरै आरबीबी म्युचल फन्ड–१ र स्टान्डर्ड चार्टड बैंकको शेयर चार प्रतिशतभन्दा धेरैले बढेको छ । समग्रमा बजार बढे पनि प्रभु स्मार्ट फन्डकाे शेयर १० प्रतिशतले ओरालो लागेको छ ।

यस दिन २६९ कम्पनीको ९३ लाख ६१ हजार भन्दा बढी कित्ता सेयर कारोबार भएको छ । ११ करोड १९ लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा शिवम् सिमेन्ट्स अग्रस्थानमा आएको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः सानिमा बैंकको संस्थापक सेयर र प्रोग्रेसिभ फाइनान्स परेका छन् । 

प्रतिक्रिया दिनुहोस्