राजनीति

अध्यक्ष प्रचण्डले आज एकै पटक प्रदेश सम्मेलनको उद्घाटन गर्दै

२५ मंसिर २०७८, शनिबार ०५:३१
अध्यक्ष प्रचण्डले आज एकै पटक प्रदेश सम्मेलनको उद्घाटन गर्दै

 २५ मंसिर, काठमाडौँ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज पार्टीको प्रदेश सम्मेलनको उद्घाटन गर्दैछन् ।

अधिवेशनको आज मध्याह्न १ बजे प्रचण्डले भर्चुअल माध्यमबाट उद्घाटन गर्ने कार्यक्रम रहेको माओवादी पार्टी कार्यालयका मुख्यसचिव श्रीराम ढकालले जानकारी दिए । माओवादीले सात भौगोलिकसहित उपत्यका विशेष, सम्पर्क समन्वय र प्रवास प्रदेश समिति गठन गरेको छ ।

ढकालका अनुसार प्रदेश नं १ को विराटनगर, प्रदेश नं २ को जनकपुर, वाग्मतीको काठमाडौं, गण्डकीको पोखरा, लुम्बिनीको भालुवाङ दाङ, कर्णालीको सुर्खेत र सुदूरपश्चिम प्रदेशको धनगढीमा सम्मेलन हुँदैछ।

सम्मेलनबाट नौ पदाधिकारीसहितको समिति चयन हुनेछ । प्रदेश समिति एक अध्यक्ष, तीन उपाध्यक्ष, एक सचिव, तीन सहसचिव र कोषाध्यक्ष एक गरी नौ सदस्यीय पदाधिकारी हुनेछन् । प्रदेशमा नं १ मा २५९, २ नं प्रदेशमा २७१, वाग्मतीमा २७५, गण्डकीमा २२९, लुम्बिनीमा २५३, कर्णालीमा २११ र सुदूरपश्चिम प्रदेशमा २२३ सदस्यीय समिति हुनेछ । विशेष, सम्पर्क र प्रवास समिति न्यूनतम् १७५ सदस्यीय हुनेछन् ।

आगामी पुस ११ देखि १३ गतेसम्म माओवादीको राष्ट्रिय सम्मेलन काठमाडौँमा हुँदैछ।

प्रतिक्रिया दिनुहोस्