अर्थ / वाणिज्य

ऋणपत्र जारी गर्दै राष्ट्र बैंक

१७ श्रावण २०८०, बुधबार ०८:५१
ऋणपत्र जारी गर्दै राष्ट्र बैंक

१७ साउन, काठमाडौं । नेपाल सरकारले आन्तरिक ऋण उठाउन सुरु गरेको छ ।

केन्द्रीय बैंकले पर्सि साउन १९ गते ६ वर्षे अवधिको विकास ऋणपत्र जारी गर्ने भएको हो। यो ऋणपत्र भोलि साउन १८ गते (बिहीबार) बोलकबोलमार्फत बिक्री गरिनेछ।

यस ऋणपत्रमा इच्छुक बैंक तथा वित्तीय संस्था, गैरबैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले बोलपत्र पेस गर्न सक्नेछन्।यस ऋणपत्रको ब्याजदर पनि बोलकबोलमार्फत हुनेछ।

ब्याज भुक्तानी अर्धवार्षिक हुने र आर्जित ब्याजमा ब्याजकर लाग्ने राष्ट्र बैंकले जनाएको छ। ऋणपत्र २०८६ साउन १९ गते परिपक्व हुनेछ।यो ऋणपत्र धितो राखी कर्जा लिन तथा दिन पाइनेछ।

ऋणपत्र प्रतिस्पर्धी र अप्रतिस्पर्धी बोलवालाहरुलाई क्रमशः निष्काशित रकमको ८५ र १५ प्रतिशतले हुने ८ अर्ब ५० करोड र १ अर्ब ५० करोड रुपैयाँ छुट्याइएको छ । अप्रतिस्पर्धी बोलवालाहरुलाई छुट्याइएको रकमको लागि पूरा बोल प्राप्त नभएमा बाँकी हुन आउने रकम प्रतिस्पर्धी बोलवालाहरुलाई बिक्री गरिने राष्ट्र बैंकले जनाएको छ । अप्रतिस्पर्धी बोलवालाहरुलाई छुट्याइएको रकमभन्दा बढी रकमको बोल प्राप्त हुन आएमा बोलवालाहरुलाई समानुपातिक रुपमा उक्त ऋणपत्रको रकम बाँडफाँट हुनेछ ।

अप्रतिस्पर्धी बोलवालाहरुलाई छुट्याइएको रकमभन्दा बढी रकमको बोल प्राप्त हुन आएमा बोलवालाहरुलाई समानुपातिक रुपमा ऋणपत्रको रकम बाँडफाँड गरिने बैंकले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्