१७ साउन, काठमाडौँ । सत्तारूढ नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समिति बैठक आजदेखि काठमाडौंमा सुरु हुँदै छ। पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बिहान ११ बजे कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा बस्ने सो बैठकको उद्घाटन गर्ने छन्।
कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा सुरु भएको बैठकको प्रारम्भमा अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्बोधन गरेका छन्। सम्बोधनका क्रममा उहाँले सरकारले थालेको सुशासनको अभियानबाट जनतामा आशाको सञ्चार भएको बताए ।
बैठकमा दाहालले राजनीतिक र सांगठिनक प्रतिवेदन पेश गर्ने कार्यसूची तय भएको माओवादीका केन्द्रीय कार्यालयका सचिव डोरप्रसाद उपाध्यायले बताए। माओवादीले राजनीतिक र सांगठनिक प्रस्ताव तयार पार्न उपसमिति गठन गरेको थियो।उपसमितिले तयार पारेको प्रतिवेदनलाई अध्यक्ष दाहालले अन्तिम रूप दिएका छन्।
बैठकमा सरकारको समीक्षा तथा विभिन्न पार्टीसँगको एकताका विषयमा पनि छलफल हुने भएको छ। केन्द्रीय समिति बैठकमा बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीले पठाएको पार्टी एकता सम्बन्धी प्रस्ताव तथा नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसँगको एकताबारे पनि छलफल हुने जनाइएको छ।