समाचार

चिडियाखानामा सटल बस व्यवस्था गर्ने मेयर महर्जनको घोषणा

१३ श्रावण २०८०, शनिबार ०८:१४
चिडियाखानामा सटल बस व्यवस्था गर्ने मेयर महर्जनको घोषणा

१३ साउन, काठमाडौं । ललितपुर महानगरपालिकाले जावलाखेलस्थित सदर चिडियाखानामा सटल बसको व्यवस्था गर्ने भएको छ ।

मेयर चिरिबाबु महर्जनले  विश्व बाघ दिवसको अवसर पारेर शनिबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले १४/१५ सिट बस घुमिरहने र ज्येष्ठ नागरिक तथा अपांगता भएका व्यक्तिलाई चिडियाखानाको दृश्य दोहोर्‍याई, तेहेर्‍याई हेर्ने गरी आवश्यक व्यवस्था मिलाउने बताए ।

‘ज्येष्ठ नागरिकहरु चिडियाघरमा आउँदा अथवा अपांगता भएका व्यक्तिहरु चिडियाघरमा आउँदा उहाँहरुले राम्रोसँग दृश्यावलोकन गर्न सकुन् भन्नका लागि एउटा सटन बसको व्यवस्थापन गर्न गइरहेको छु’ उनले भने, ‘त्योचाहीँ लगभग १४/१५ सिटको हुन्छ, घुमी रहन्छ । बाघको सेक्सनमा पुग्यो, ओर्लेर बाघ हेर्यो । अर्को ठाउँमा गयो, अर्को हेर्यो । त्यो दोहोर्याई, तेहर्याई हेर्न पाउने गरी म निकट भविष्यमै बसको व्यवस्थापन गर्न गइरहेको छु ।’

उनले चिडियाखाना अगाडि चालु आर्थिक वर्षभित्रै टाइगर गेट बनाउने प्रतिवद्धता समेत व्यक्त गरे । धेरै वर्ष पहिले त्यहाँ रहेको टाइगर गेट भत्काइएको थियो । ‘पहिला जावलाखेल छिर्दाखेरि त्यहाँ भक्तराज राजकर्णिकारको हलुवाई पसलहरु छ । त्यहाँ भन्दा अगाडि दुई वटा गेट थियो ।

प्रतिक्रिया दिनुहोस्