जीवनशैली

खाली पेटमा लसुन खाँदा यस्ता फाइदाहरु

२५ मंसिर २०७८, शनिबार ०५:१३
खाली पेटमा लसुन खाँदा यस्ता फाइदाहरु

काठमाडौं । लसुनमा औषधीय गुण हुन्छ । त्यसैले यसलाई घरायासी औषधिको रूपमा प्रयोग समेत गर्ने गरिएको छ । आयुर्वेदमा लसुनलाई जवान बनाइराख्ने औषधिको रूपमा लिइन्छ र जोर्नीको दुखाई कम गर्ने औषधिको रूपमा पनि लसुनलाई नै लिइन्छ ।

यसरी परम्परागत घरेलु औषधिको रूपमा तथा आयुर्वेदिक औषधिको रूपमा प्रयोग हुदै आएको लसुनमा औषधीय गुण हुन्छ भन्ने कुरा एलोप्याथिक विशेषज्ञहरू पनि मान्दछन् । यसै कारणले गर्दा चिकित्सकहरूले विरामीलाई सन्तुलित भोजनको बारेमा सल्लाह दिँदा खानामा लसनुको प्रयोग फाइदाजनक हुने सल्लाह दिन्छन् । यहाँ हामीले लसुन खाँदा के-के फाइदा हुन्छ:

  • लसुन सेवन गर्दा सरीरमा भिटामिन ए, बी तथा सी का साथै आयोडिन, आइरन, पोटासियम, क्याल्सियम तथा म्याग्नेसियम जस्ता खनिज तत्वहरू समेत प्राप्त हुन्छ ।
  • लसुनमा भिटामिन सी हुने हुनाले यसले स्कर्भी नामक रोगबाट समेत बचाउँछ । लसुनले कब्जियतको समस्या पनि टाडा भगाईदिन्छ । सुन्निएको, जोर्नी दुख्ने, खोकी जस्ता समस्याको उपचारमा पनि लसुन लाभदायी हुन्छ ।
  • कोलेस्टेरोलको समस्याबाट पीडित मानिसहरूका लागि लसुन संजिवनी बुटी सरह नै हुन्छ भन्दा फरक नपर्ला । दिनहुँ लसुनको सेवन गर्दा रगतको कोलेस्टेरोल मात्रा १२ प्रतिशत सम्मले कम हुन्छ ।
  • लसुनले नशाभित्रै रगत जम्ने तथा बाक्लो रगत हुने समस्याबाट पीडित हरूका लागि समेत निकै फाइदाजनक हुन्छ । यसले रगत पातलो बनाउने र रक्त प्रवाह सूचारु गर्नमा मद्दत गर्छ ।
  • दमका रोगीहरूका लागि समेत लसुन औषधि नै हो । ३० मिलीलिटर दुधमा लसुनका पाँच केश्रा उमालेर दिनहुँ खानाले सुरुवाती अवस्थाका दमका रोगीलाई निकै फाइदा पुग्छ ।
  • अदुवा मिसाएको चियामा लसुनका केश्रा मिसाएर खानाले पनि दमका रोगीलाई फाइदा गर्छ । साथै क्षयरोगीका लागि समेत लसुनको सेवन फाइदाजनक हुन्छ ।
  • लसुनमा एन्टिबायोटिक औषधि जस्तै गुण हुने र यो किटाणुनासक हुने भएकाले यसले क्षयरोगका किटाणुलाई समेत नष्ट गर्ने बताइन्छ ।
  • सरस्यौँको तेलमा लसुन पकाएर उक्त मिश्रणले मालिस गर्नाले सरीरको विभिन्न भागको दुखाइ कम हुन्छ ।
  • चिसोका कारण अपच भएर पेट ढाडिएको छ भने लसुन पोलेर खानुहोस् त्यसले चिसो र अपच हटाइदिन्छ ।
  • दिनहु एक पोटी लसुन खानासंगै खानाले वायु विकार हटाउनमा पनि उत्तिकै मद्धत गर्छ ।

प्रतिक्रिया दिनुहोस्