स्वास्थ्य

एचआइभी सङ्क्रमित बच्चालाई औषधिको अभाव

२८ कार्तिक २०७८, आईतवार ११:३८
एचआइभी सङ्क्रमित बच्चालाई औषधिको अभाव

काठमाडौं । जिल्लामा रहेका एचआइभी सङ्क्रमित नवजात शिशुका लागि आवश्यक औषधिको अभाव भएको छ ।

यहाँको एड्स हेल्थ केयर फाउण्डेसनमा विगत छ महिनादेखि सङ्क्रमित आमाबाट जन्मिएका नवजात शिशुका लागि आवश्यकपर्ने औषधिको अभाव भएको हो । फाउण्डेसनले विगत छ महिनादेखि औषधिको अभाव भएको जनाएको छ ।

भरतपुर अस्पतालमा सञ्चालन हुँदै आएको एण्टी रेक्ट्रो भाइरल थेरापी क्लिनिक (एआरटी)का सम्पर्क व्यक्ति तथा बालरोग विशेषज्ञ डा युवानिधि बसौलाका अनुसार क्लिनिकमा अहिले नवजात शिशुका लागि आवश्यकपर्ने ‘जिडोभुटीन’ नामक औषधिको अभाव भएको हो ।

यो औषधि उच्च जोखिममा रहेका बालबालिकाका लागि दिइने गरिन्छ ।” नियमित औषधि सेवन नगर्ने आमा, प्रसुति हुने अवस्थामा सङ्क्रमण पुष्टि भएकी आमा र एचआइभी सङ्क्रमण पुष्टि भएर औषधि सेवन गरेको आठ हप्ता नपुग्दै बच्चा जन्माउने आमाबाट जन्मिएका बच्चामा यो औषधिको प्रयोग हुने गर्दछ ।

झोलमा पाइने यो औषधि निःशुल्क हुने भए पनि अहिले उपलब्ध हुन नसकेको बालरोग विशेषज्ञ डा बसौलाले जानकारी दिए । यो औषधि एचआइभी सङ्क्रमित आमाबाट जन्मिएका बच्चालाई तीन महिनासम्म नियमित खुवाउनुपर्ने हुन्छ ।

जिल्लामा सन् २०२१ को हालसम्म १२ जना सङ्क्रमित आमाले १३ जना बच्चा जन्माएका छन् । तीमध्ये पाँच जना उच्च जोखिममा रहेका छन् । उनीहरुलाई औषधि अभावका कारण सङ्क्रमण हुने हो कि भन्ने चिन्ता थपिएको उन

ले बताए  । उच्च जोखिममा रहेका बच्चाका लागि औषधि छैन ।” कम जोखिममा रहेका बच्चालाई छ हप्तासम्मका लागि ‘नेभिरापिन’ नामक औषधिको प्रयोग गर्नुपर्ने हुन्छ । उच्च जोखिममा रहेका बालबालिकालाई समेत सोही औषधिको प्रयोग गराइएको उनको भनाइ थियो ।

एचआइभी सङ्क्रमित आमाबाट जन्मिएका बच्चालाई दुई घण्टाभित्र यो औषधि खुवाउनुपर्ने हुन्छ । यस्तै अहिले क्लिनिकमा अन्य रोगको सङ्क्रमण रोकथामका लागि प्रयोग हुने कोटीमोक्साजोल र क्षयरोगका बिरामीले प्रयोग गर्ने ‘आइपिटी’ नामक औषधि विगत १० महिनादेखि अभाव रहेको उनले बताए ।

यी औषधिका कारण अहिले ३०० जना बिरामी प्रभावित भएको बालरोग विशेषज्ञ डा बसौलाको भनाइ छ । सरकारले समयमा औषधि खरिद गर्न नसक्दा समस्या आएको उनले जानकारी दिए । रासस

प्रतिक्रिया दिनुहोस्