प्रदेश

कांग्रेसलाई मुख्यमन्त्री दिएर सरकार बनाउन एमाले तयार छ : हिक्मत कार्की

१२ श्रावण २०८०, शुक्रबार ०६:२६
कांग्रेसलाई मुख्यमन्त्री दिएर सरकार बनाउन एमाले तयार छ : हिक्मत कार्की

१२ साउन, विराटनगरकोशी प्रदेशका कामचलाउ मुख्यमन्त्री हिक्मतकुमार कार्कीले काङ्ग्रेससँग मिलेर सरकार गठनका लागि एमाले तयार रहेको बताएका छन् ।

सर्वोच्च अदालतले उद्धव थापाको मुख्यमन्त्री नियुक्तिलाई बदर गरेसँगै पुनर्बहाली भएका हिक्मत कार्कीले कामचलाउ मुख्यमन्त्रीको रूपमा पुनः कार्यभार सम्हालेका हुन्।

देशका ठूला दलहरू एमाले र काङ्ग्रेस मिलेर जान सक्ने बताए । उनले भने, प्रजातन्त्र, सुशासनका लागि काङ्ग्रेससँग कुरा मिले हामीसँगै सरकार बनाएर जान सक्छौं । हामी ओपन छौं ।’

उनले यस विषयमा कुराकानी पनि भइरहेको बताए ।  कार्कीले भने, ‘मुख्यमन्त्री दिन हामी तयार छौँ । बहुमत नभएपछि मुख्यमन्त्री दिन पनि तयार हुनुपर्छ । तर कार्यकाल बाँड्ने कुरामा म सहमत छैन ।’

विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले प्रदेशको समृद्धिको लागि एमाले बाधक नहुने प्रष्ट पारे । कार्कीले भने, ‘मुख्यमन्त्री दिन हामी तयार छौं । बहुमत नभएपछि मुख्यमन्त्री दिन पनि तयार हुनुपर्छ । तर कार्यकाल बाँड्ने कुरामा म सहमत छैन ।’

प्रतिक्रिया दिनुहोस्