जीवनशैली

कपाल किन फुल्छ ? यस्तो छ वैज्ञानिक कारण

२५ मंसिर २०७८, शनिबार ०३:३१
कपाल किन फुल्छ ? यस्तो छ वैज्ञानिक कारण

एजेन्सी । – प्राय: सानै उमेरमै कपाल फुल्ने समस्याले धेरैलाई चिन्तित बनाएको हुन्छ। कम उमेरमै कपाल फुल्‍यो भने कस्तो बुढो जस्तै देखिएको भनेर जिस्काउने पनि छन्। यसले कपाल फुल्दा निराशापन समेत बढ्ने गरेको छ। कपाल फुल्दा कतिपयले थरीथरीका मेहन्दी कपालमा लगाउने गर्छन्।

अन्य स्थानमा जाँदा पानी परिर्वतन भएर, हावापानी परिवर्तन भएर कपाल फुलेको हुनुपर्छ। कपालमा धेरै मात्रामा केमिकलको प्रयोग गर्ने, कपालमा विभिन्‍न थरीको रङ लगाउने (हाइलाइट गर्ने) बजारमा पाइने केमिकल युक्त मेहेन्दीको प्रयोगका कारण पनि कपाल फुल्ने हुन्छ।

हार्मोन्स
अपालको पिगमेन्टसँग हार्मोन्सको निकै महत्वपूर्ण सम्वन्ध हुन्छ । हार्मोन्स असन्तुलनका कारण कपाल सेतो हुन सक्छ ।

रसायन
कहिलेकाहीँ सेम्पु, साबुन, डाइज आदिको उपयोगले गर्दा पनि कपाल सेतो हुन सक्छ किनभने यिनीहरुमा केमिकलको प्रयोग गरिएको हुन्छ ।

मेलेनिनको कमी
अधिकांस घटनामा मेलेनिनको कमी हुनु नै कपाल फुल्नुको प्रमुख कारण हो । मेलेनिनको उत्पादन उचित पोषण र प्रोटिनयुक्त खुराकमा निर्भर गर्छ । यी पोषक तत्वको कमी मेलेनिनलाई स्वीकार्य स्तरबाट तल झर्ने कारण हुन्छ ।

वंशाणुगत कारण
यो एउटा प्रमुख कारक हो । कुन उमेरमा कपालले पिगमेन्ट गुमाउँछ भन्ने वंशाणुगत तत्वले निर्धारण गर्छ । केही व्यक्तिहरुको २० वर्ष नहुँदै पिगमेन्ट हराउन थाल्छ र कपाल सेतो हुन्छ । यो समस्या सिधै जीनसँग जोडिएको हुन सक्छ । अर्थात्, आमा-बुवा वा हजुरबा-हजुरआमाको समयभन्दा अगाडि नै कपाल फुल्ने समस्या थियो भने यो हामीलाई पनि हुन सक्छ ।

प्रतिक्रिया दिनुहोस्