खेलकुद

महिला विश्वकप फुटबलमा पाेर्चुगलले भियतनामलाई हरायाे

११ श्रावण २०८०, बिहीबार १०:२१
महिला विश्वकप फुटबलमा पाेर्चुगलले भियतनामलाई हरायाे

११ साउन, काठमाडौँ।  फिफा महिला विश्वकप फुटबल २०२३ मा पाेर्चुगलले भियतनामलाई हराएकाे छ ।

पोर्चुगल बिहीबारको खेलमा भियतनाममाथि २–० को प्रभावशाली जित निकाल्न सफल रह्यो । विश्वकपमा डेब्यु गरिरहेको पोर्चुगलका लागि टेल्मा इनकराकाओ र किक नराजेथले एक-एक गोल गरे । टेल्माको गोल विश्वकपमा पोर्चुगलको पहिलो गोलसमेत रह्यो ।

पाेर्चुगलका लागि तेल्मा इन्कारनाकाे र फ्रान्सिस्का नजरेथले गाेल गरिन् । आजको जितसँगै पाेर्चुगल २ खेलमा ३ अङ्कका साथ समूह ‘ई’ को तेस्राे स्थानमा छ । दुवै खेल हारेको भियतनाम प्रतियाेगिताबाटै बाहिरिएकाे छ ।

 यो हारसँगै प्रतियोगितामा भियतनामको चुनौती समाप्त भएको छ । यसअघि अमेरिकाले नेदरल्यान्ड्ससँग १–१ को बराबरी खेलेको थियो ।

प्रतिक्रिया दिनुहोस्