समाचार

एकैदिनमा ४४८ जनामा ओमिक्रोन संक्रमित पुष्टि

२५ मंसिर २०७८, शनिबार ०३:११
एकैदिनमा ४४८ जनामा ओमिक्रोन संक्रमित पुष्टि

एजेन्सी । पछिल्ला दिनहरुमा  कोरोना संक्रमितको संख्या बढ्ने क्रम जारी छ । करिब ३० वटा मुलुकमा फैलिएको नयाँ भाइरस ओमिक्रोनलाई नियन्त्रण गर्न सरकारलाई थप कडा प्रतिबन्ध गर्न दवाव आएको छ ।

डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ ले शुक्रबार सार्वजनिक गरेको तथ्यांकअनुसार पछिल्लो २४ घन्टामा ५८ हजार १९४ संक्रमित फेला परेका छन् ।

बेलायतमा हालसम्म कोरोना संक्रमितको संख्या एक करोड ७ लाख १९ हजार १६५ पुगेको छ । आगामी डिसेम्बर २० अगाडि सरकारले प्रतिवन्ध सम्बन्धि नियमलाई पुनर्विचार गर्ने तयारी गरिरहेको अधिकारीहरुले बताएका छन् । बेलायतमा हालसम्म ४२ जनामा नयाँ भाइरस ‘ओमिक्रोन’ संक्रमणको पुष्टि भइसकेको छ ।

पछिल्लो २४ घन्टामा मात्र थप ४४८ जनामा ओमिक्रोन पुष्टि भएको छ । योसँगै बेलायतमा ओमिक्रोन संक्रमितको संख्या एक हजार २६५ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्