११ साउन, काठमाडौँ। मिटरब्याज सम्बन्धी समास्या समाधान गर्न सरकारले ल्याएको विधेयक राष्ट्रिय सभाबाट पनि पारित भएको छ।
बिहीबार बसेको राष्ट्रिय सभाको बैठकमा प्रतिनिधि सभाले संशोधन सहित पारित गरेको विधेयक टेबल भएको थियो । राष्ट्रिय सभाको दोस्रो बैठकले प्रतिनिधि सभाबाट पारित भएर आएको ‘मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८०’ पारित भएको हो।
त्यसलाई राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले निर्णयार्थ प्रस्तुत गरेका थिए। अध्यक्ष तिमिल्सिनाले निर्णायर्थ प्रस्तुत गरेको विधेयकमामा ध्वनिमतका आधारमा पारित गरिएको घोषणा गरेका थिए। “हुन्न भन्ने आवाज सुनिएन, तसर्थ ‘मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८० माथि प्रतिनिधि सभाबाट भएको संशोधन स्वीकार सहित पुनः पारित गरियोस्’ प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको घोषणा गदएछु” मिलिस्निाले भने।
राष्ट्रिय सभाको बैठक साउन १८ गते बिहीबार १ बजेर १ मिनेटमा बस्ने गरी स्थगित भएको छ ।