समाचार

कुमारी बैंकले गर्यो दुई नयाँ शाखा सञ्चालन

११ श्रावण २०८०, बिहीबार ०६:४४
कुमारी बैंकले गर्यो दुई नयाँ शाखा सञ्चालन

११ साउन, काठमाडौँ। कुमारी बैंक लिमिटेडले आफ्ना शाखा सञ्जाल विस्तार गर्ने क्रममा बागमती प्रदेशस्थित काठमाडौँ- १४ मा रहेको कुलेश्वर र वडा नम्बर ४ मा रहेको धुम्बाराही शाखाहरु २०८० साउन १० गतेबाट सञ्चालनमा ल्याएको छ ।

विगत २२ वर्ष देखि निरन्तर बैंकिङ्ग सेवा दिदै आएको कुमारी बैंकले आफ्ना देशभर रहेका ३०४ शाखा सञ्जाल, ३०७ एटिएम, ४९ एक्सटेन्सन काउन्टर तथा ६३ शाखारहित बैंकिङ्ग ईकाईहरु मार्फत आफ्ना ग्राहकवर्गलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरु प्रदान गर्दै आइरहेको छ र आगामी दिनहरुमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जाने प्रतिबद्धता जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्