राजनीति

बागी उम्मेदवार बनेर जितेका एक दर्जन कांग्रेस नेताको कारबाही फुकुवा (सूचीसहित)

१० श्रावण २०८०, बुधबार १३:२५
बागी उम्मेदवार बनेर जितेका एक दर्जन कांग्रेस नेताको कारबाही फुकुवा (सूचीसहित)

१० साउन, काठमाडौँ। नेपाली कांग्रेसले स्थानीय तह र संघ तथा प्रदेशसभा निर्वाचनमा बागी उम्मेदवार बनेर जितेका विभिन्न नेता कार्यकर्तामाथिको कारवाही फुकुवा गरेको छ ।

केन्द्रीय कार्य समितिको बुधबार सम्पन्न बैठकले १२ जनालाईको कारबाही फुकुवा गरेको हो । जुम्लाबाट स्वतन्त्र रुपमा प्रदेशसभा सदस्य जितेका देवेन्द्र शाही र सर्लाहीबाट प्रदेशसभा सदस्य जितेका जंगीलाल रायको कारबाही फुकुवा भएको छ ।

कांग्रेसले बागी उम्मेदवारी दिएर प्रदेशसभा सदस्य निर्वाचनमा विजयी भएका जंगीलाल राय, देवेन्द्रबहादुर शाही र नवराज शाहीको कारबाही फुकुवा गरेको छ । त्यस्तै, जुम्लाको चन्दननाथ नगरपालिकाको मेयरमा निर्वाचित भएका राजुसिंह कठायत र धनुषाको जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोजकुमार शाहसहितको कारबाही फुकुवा भएको छ ।

कारबाही फुकुवा भएकाहरु यस प्रकार छन्ः

१) देवेन्द्र शाही, प्रदेशसभा सदस्य जुम्ला

२) जंगीलाल राय, प्रदेशसभा सदस्य सर्लाही

३) नवराज शाही, दैलेख जिजस प्रमुख

४) राजुसिंह कठायत, जुम्ला

५) मनोजकुमार साह, मेयर जनकपुरधाम

५) प्रल्हादकुमार क्षेत्री, मेयर बर्दिबास

६) तारादेवी खड्का, उपमेयर बर्दिबास

७) रामसवारत यादव, वध्यक्ष बर्दिबास

८) विजय महतो, वडाध्यक्ष बर्दिया

९) विन्देश्वर यादव, वडाध्यक्ष बर्दिबास

१०) अक्कल तामाङ, बर्दिबास

११) प्रमोद मोक्तान, बर्दिबास

१२) लक्ष्मण सिंह, बर्दिबास

प्रतिक्रिया दिनुहोस्