१० साउन, काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज (बुधबार) पनि बस्दैछ । बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेछ ।
सानेपा, ललितपुरस्थित केन्द्रीय कार्यालयमा उक्त बैठक बस्नेछ । बैठक दिउँसो ४ बजे बोलाइएको छ । गत साउन २ गते देखी जारी बैठकमा केन्द्रीय सदस्यहरूले धारणा राखिसके पछि गत सोमवार देखी भने पार्टी पदाधिकारीले आफ्नो धारणा राखेका थिए ।
यसअघि मंगलबार पनि सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा पदाधिकारी बैठक बसेर निर्णयको मस्यौदा तयार पार्ने जिम्मा नेताहरुलाई दिएको थियो ।
जसअनुसार सोमबार उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ, महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा, केन्द्रीय सदस्यहरू कृष्णप्रसाद सिटौला, सीता गुरुङ र राजीव कोइरालाले आ–आफ्नो धारणा राखेका थिए ।
आजको बैठकमा केन्द्रीय सदस्यहरूले राखेका धारणा तथा छलफलका विषयलाई निष्कर्ष दिने तथा सभापति शेरबहादुर देउवाले जवाफ दिने कार्यक्रम रहेको बताइएको छ ।