खेलकुद

नेपालले आज श्रीलंकामा पहिलो अभ्यास खेल खेल्दै

१० श्रावण २०८०, बुधबार ०२:३२
नेपालले आज श्रीलंकामा पहिलो अभ्यास खेल खेल्दै

१० साउन, काठमाडौँ । श्रीलंकामा एसिया कपको तयारी गरि रहेको नेपाली क्रिकेट टोलीले आज पहिलो अभ्यास खेल खेल्दैछ। नेपाली टोलीले श्रीलंकाको स्थानीय टोली ब्लूमफिल्ड क्रिकेट एण्ड एथ्लेटिक क्लबसँग अभ्यास खेल खेल्ने नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ ।

श्रीलंकाको प्रथम श्रेणीको उक्त क्लब र नेपालबीच खेल बिहान १० बजे उसकै घरेलु मैदान ब्लूमफिल्डमा खेल हुनेछ । कोलोम्बोमा रहेका ब्लूमफिल्ड श्रीलंकाको पुरानो क्लब हो । यस टोलीमा श्रीलंकाबाट खेलि सकेका खेलाडी पनि छन् ।

ब्लूमफिल्डबाट घरेलु क्रिकेट खेल्ने विकेटकिपर सानदुन विराकोडी, तीव्र गतिका बलिङ अलराउन्डर लाहिरु मदुशानका र स्पिनर जेफ्री वान्डरसेले श्रीलंकाको टोलीबाट खेलेका छन् गर्दछन् ।

नेपाल र पाकिस्तानबीचको खेल भदौ १३ (अगष्ट ३०) मा मुल्तानमा हुनेछ । पाकिस्तानको मुल्तानमा उक्त खेलपछि नेपाल श्रीलंका जानुपर्ने हुन्छ । नेपाल र भारतबीचको खेल भने श्रीलंकाको काड्नीमा भदौ १८ गते (सेप्टेम्बर ४) मा हुनेछ ।

समूह ए मा नेपाल, भारत र पाकिस्तान छन् । समूह बी मा बंगलादेश, श्रीलंका र अफगानिस्तान छन् । हरेक समूहको शीर्ष दुई टोली सुपर फोरमा पुग्नेछन् । सुपर फोरपछि शीर्ष दुई टोलीले फाइनल खेल्नेछन् ।

प्रतिक्रिया दिनुहोस्