९ साउन,एजेन्सी । साउदी अरब सरकारले सोमबार आफ्ना दुई नागरिकलाई मृत्युदण्डको सजाय दिइएको जनाएको छ । यो सजाय दाइ र बहिनीलाई दिइएको हो । उनीहरू आफ्ना आमाबुबा र दाजुभाइको हत्यामा दोषी ठहर भएका थिए ।
आफ्नै बुवा–आमा तथा दुई भाइको हत्यामा दोषी ठहरिएकाले उनीहरूलाई मृत्युदण्डको सजाय तोकिएको हो। अल अरेबियाको समाचारअनुसार अब्दुल्ला अजिज बिन फहेद बिन गजाया अल हरेथी र उनकी बहिनी ओहुदले सुरुमा आफ्नी आमा र दुई भाइको खानामा निद्रा लाग्ने चक्की मिसादिए।
अपराध गरेपछि दुवैले मिलेर शवलाई एक ठाउँमा लगेर आफ्ना बुबालाई त्यहाँ बोलाएको र उनलाई पनि गोली हानेर हत्या गरेको जनाइएको छ । उनीहरूले अपराध लुकाउनका लागि आगलागीका कारण मृत्यु भएको देखाउन आफ्नै घरमा समेत आगो लगाएका थिए ।
साउदी सरकारले सुरक्षा र स्थायित्व कायम गर्न आफू प्रतिबद्ध रहेको र यस्ता अपराध गर्नेलाई कारबाही गरिने बताएको छ।