खेलकुद

महिला विश्वकप फुटबल : स्विट्जरल्यान्ड र नर्वेकाे बराबरी

९ श्रावण २०८०, मंगलवार १५:१३
महिला विश्वकप फुटबल : स्विट्जरल्यान्ड र नर्वेकाे बराबरी

९ साउन,एजेन्सी । महिला विश्वकप फुटबलमा पुर्व विजेता नर्वेले नकआउट सम्भावना कायम राखेको छ। मंगलबार समूह ‘ए’ अन्तर्गत न्युजिल्यन्यान्ड स्थित वाइकाटो स्टेडियममा भएको खेलमा नर्वे र स्विटजरल्यान्डले गोलरहित बराबरी खेल्दै अङ्क बाँडे।

आज मङ्गलवार न्युजिल्यान्डकाे एफएमजी स्टेडियममा भएकाे खेलमा स्विट्जरल्यान्ड र नर्वेले गाेलरहित बराबरी खेलेका हुन् । याे बराबरीसँगै समूह ‘ए’ का टाेलीले १/१ अङ्क बाँडेका छन् । यसअघि आजै भएकाे खेलमा काेलम्बियाले दक्षिण काेरियालाई २–० र फिलिपिन्सले न्युजिल्यान्डलाई १–० गाेलले हराएकाे छ ।

अन्तिम समयमा स्टार खेलाडी एडा हेङ्बर्गलाई गुमाएको नर्वेले स्विटजरल्यान्ड विरुद्ध गोलका केही राम्रा मौका गुमायो। १३ सट प्रहार गरेको नर्वेले ४ सट टार्गेटमा राखेपनि गोल गर्न चुक्यो।

अब अन्तिम चरणको खेलमा नर्वेले फिलिपिन्सको सामना गर्ने छ। यदि नर्वेले फिलिपिन्सलाई हराएमा र स्विटजरल्यान्डले न्युजिल्यान्डलाई पराजित गरेमा नर्वे  नकआउटचरणमा स्थान पक्का गर्ने छ।

प्रतिक्रिया दिनुहोस्