समाचार

निलम्बित डीएसपी ठगबहादुर केसी बर्खास्त

९ श्रावण २०८०, मंगलवार १५:०८
निलम्बित डीएसपी ठगबहादुर केसी बर्खास्त

९ साउन,काठमाडौं । सुनचाँदी व्यवसायीसँग घुस लिएको आरोपमा निवलम्बनमा रहेको डिएसपीलाई गृहमन्त्रालयले बर्खास्त गरेको छ ।

सुनचाँदी व्यवसायीसँग घुस लिएको आरोप लागेका डीएसपी केसीलाई प्रहरी प्रधान कार्यालयको सिफारिसमा गृह मन्त्रालयका सचिव दिनेश भट्टराईले सोमबार बर्खास्त गरेका हुन् ।

प्रहरी प्रधान कार्यालयले आन्तरिक छानबिनबाट गम्भीर आचरण उल्लंघन गरेर प्रहरी ऐन विपरीतको कार्य गरेको देखिएको भन्दै केसीलाई जागिरबाट हटाउन गृह मन्त्रालयसमक्ष सिफारिस गरेको थियो ।

बुटवलमा रहँदा डीएसपी केसीको निवासबाट प्रहरीले ३५ तोला सुन, ८ लाख ५० हजार रुपैयाँ नगद, ९ लाख ५० हजार रुपैयाँको चेक लगायत बरामद गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्