खेलकुद

१९ औं एसियाली खेलकुद खेल्ने भारतको क्रिकेट टोली घोषणा

३० असार २०८०, शनिबार ११:२७
१९ औं एसियाली खेलकुद खेल्ने भारतको क्रिकेट टोली घोषणा

३० असार, काठमाडौं । भारतले आगामी सेप्टेम्बर र अक्टोबरमा चीनमा हुने १९औं एसियाली खेलकुदमा खेल्ने क्रिकेट टोली घोषणा गरेको छ।

भारतले युवा ब्याटर ऋतुराज गायकवाडको कप्तानीमा टोेली घोषणा गरेको हो । भारतले आफ्नो दोस्रो रोजाईको टोली एसियाली खेलकुदमा पठाउने भएको छ ।

यस सिजनको आइपिएलमा कोलकाता नाइट राइडर्सबाट सानदार प्रदर्शन गरेका रिंकु सिंह टोलीमा छन् । रिंकुले गुजरात टाइटन्सका यश दयाललाई अन्तिम ओभरमा लगातार ३१ रन प्रहार गर्दै टोलीको जित पक्का गराएका थिए ।

भारतीय टोली : ऋतुराज गायकवाड, यशस्वी जैसवाल, राहुल त्रिपाठी, तिलक वर्मा, रिंकु सिंह, जितेश शर्मा, वाशिंगटन सुन्दर, शाहबाज अहमद, रवि बिश्नोई, आवेश खान, अर्शदीप सिंह, मुकेश कुमार, शिवम मावी, शिवम दुबे र प्रभसिमरन सिंह (विकेटकीपर) । स्ट्यान्डबाइ खेलाडीहरू – यश ठाकुर, साई किशोर, वेंकटेश अय्यर, दीपक हुड्डा, साई सुदर्शन १६औँ एसियाली खेलकुदमा क्रिकेटलाई औपचारिक रूपमा समावेश गरिएको थियो ।

यी खेलहरू १२ देखि २७ नोभेम्बर २०१० सम्म चीनको ग्वाङ्झाउ शहरमा आयोजित भएका थिए। त्यसपछि भारत, पाकिस्तान, बंगलादेश र श्रीलंका गरी चार एसियाली टोली सहभागी थिए।

प्रतिक्रिया दिनुहोस्