खेलकुद

रोनाल्डो बने सर्वाधिक कमाउने खेलाडी

३० असार २०८०, शनिबार ११:२१
रोनाल्डो बने सर्वाधिक कमाउने खेलाडी

३० असार, काठमाडौं । पोर्चुगिज फुटबल स्टार क्रिस्टियानो रोनाल्डो सन् २०२३ मा सर्वाधिक कमाउने खेलाडी बनेका छन् । रोनाल्डोले २०२३ मा सर्वाधिक कमाउने खेलाडीको गिनिज वर्ल्ड रेकर्ड समेत कायम गरेका छन् ।

साउदी क्लबले इंग्लिस क्लब लेस्टर सिटीलाई अहमद मुसाको लागि सम्झौतामा रहेको ‘एड-अन्स’ अर्थात् थप रकम तिर्न असफल भएपछि फिफाले प्रतिबन्ध लगाएको डेली मिररले जनाएको छ ।

लगानीकै क्रममा रोनाल्डोले पछिल्लो समय युरोपकै चर्चित घडी कम्पनी क्रोनो २४ मा हात राखेका छन् । उनले सात सय ७० मिलियन पाउन्ड लगानी गरेका छन् । रोनाल्डोले क्रोनो २४ मा लगानी गरेसँगै घडीको माग ह्वात्तै बढेको एजेन्सीले जनाएको छ ।

रोनाल्डोले भने फुटबल खेलबाटै ४६ मिलियन डलर तथा अन्य स्रोतबाट ९० मिलियन डलर कमाएका हुन् । इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडबाट साउदी अरेबियन क्लब अल-नासरमा आबद्ध भएपछि उनको पारिश्रमिक दोब्बर भएको थियो ।

मेस्सीले भने समग्रमा १३० मिलियन डलर कमाउँदा उनले फुटबल खेलबाट ६५ मिलियन तथा अन्य स्रोतबाट ६५ मिलियन कमाएका छन् ।

यस्तो छ २०२३ मा सर्वाधिक कमाइ गर्ने खेलाडीको सूची

१. क्रिस्टियानो रोनाल्डो – १३.६ करोड डलर

२. लियोनेल मेस्सी –१३ करोड डलर

३. किलियान एम्बाप्पे –१२ करोड डलर

४. लिब्रोन जेम्स –११.९५ करोड डलर

५. कानेलो अल्भारेज –११ करोड डलर

६. डस्टिन जोनसन – १०.७ करोड डलर

७. फिल मिकेल्सन – १०.६ करोड डलर

८. स्टेफन करी –१०.०४ करोड डलर

९. रोजर फेडरर –९.५१ करोड डलर

१०. केभिन डुरान्ट – ८.९१ करोड डलर

प्रतिक्रिया दिनुहोस्