समाचार

शेखर र प्रकाशमानको अडान यथावत्न्, सहमति बिनै सकियो पौडेल समूहको बैठक

२४ मंसिर २०७८, शुक्रबार १७:१६
शेखर र प्रकाशमानको अडान यथावत्न्, सहमति बिनै सकियो पौडेल समूहको बैठक

२४ मंसिर, काठमाडौं । नेपाली कांग्रेस संस्थापनइतरको बैठक फेरि सुरू भएको छ ।

१४ औं महाधिवेशनका लागि सभापतिको साझा उम्मेदवार चयन गर्न अनुपम फुडल्याण्डमा बसेको बैठक सहमति जुट्न नसकेपछि अघि नेताहरू बाहिरिएका थिए ।

सहमतिको प्रयास स्वरूप पार्टी महाधिवेशनको बन्दसत्र समेत छाडेर छलफलमा जुटेको पौडेल समूहमा सभापतिका आकाङ्क्षी प्रकाशमान सिंह र शेखर कोइरालाले आफ्नो दाबेदारीमा अडान कायमै राखेपछि सहमति हुन नसकेको एक नेताले बताए ।

आफ्नो नाममा सहमति हुन नसक्ने भएपछि सभापतिका आकाङ्क्षी प्रकाशमान सिंह बैठक सकिनुअघि नै अनुपम फुडल्याण्डबाट हिँडेका थिए ।

कांग्रेसको नयाँ नेतृत्वका लागि संस्थापन समूहबाट वर्तमान सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा सभापतिका एक्ला दाबेदार छन् । संस्थापनइतरबाट भने वरिष्ठ नेता रामचन्द्र पौडेल, नेताहरु प्रकाशमान सिंह, शेखर कोइराला, शशांक कोइराला प्रत्यासी छन् ।

प्रतिक्रिया दिनुहोस्