समाचार

कांग्रेसको बन्दसत्र सकियो, पौडेल पक्ष सहभागी भएन

२४ मंसिर २०७८, शुक्रबार १७:००
कांग्रेसको बन्दसत्र सकियो, पौडेल पक्ष सहभागी भएन

काठमाडौं । नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तरगत शुक्रबार राति भृकुटीमण्डपमा बन्दसत्र चलिरहेको छ।

बन्दसत्रमा नेता पौडेलसँगै प्रकाशमान सिंह र शेखर कोइराला पनि अनुपस्थित रहेका छन् । पौडेल समूहका मुख्य नेताहरू अहिलेसम्म बन्दसत्र स्थलमा उपस्थित नभएको बताइएको छ ।

पौडेल पक्ष  सभापतिमा साझा उम्मेदवार चयनका लागि बत्तिसपुतली स्थित अनुपम फुड ल्याण्डमा छलफलमा रहेको छ । पार्टीको केन्द्रीय निर्वाचन समितिकाअनुसार आजै महाधिवेशन प्रतिनिधिको नामावली प्रकाशन भइसकेको छ ।

उम्मेदवार मनोनयन दर्ता शनिबार २५ गते बिहान १० देखि साँझ ५ बजेसम्म, उम्मेदवारी मनोनयन दर्ताउपर दाबी विरोध र जाँचबुझ मङ्सिर २५ गते साँझ ५ देखि ७ बजेसम्म र दाबी विरोधउपर निर्णय मङ्सिर २५ गते साँझ ७ देखि ९ बजेसम्म हुने समितिले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्