समाचार

यस्तो छ पचाल झरना गाउँपालिकाको नयाँ बजेट

८ असार २०८०, शुक्रबार ११:५५
यस्तो छ पचाल झरना गाउँपालिकाको नयाँ बजेट

कालिकोट । पचाल झरना गाउँपालिकाको एघारौं गाउँसभाले ३९ करोड ८२ लाख ३३ हजार ७ सय ९३ रुपैयाँको बजेट प्रस्तुत गरेको छ ।

गाउँपालिका उपाध्यक्ष अल्किना बमले आजकोनीति तथा कार्यक्रम आव २०८०/८१ का लागि बजेट प्रस्तुत गरेकी हुन् । प्रस्तुत बजेटले शिक्षा र स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखेको उपाध्यक्ष अल्किना बमले बताइन  । भौतिक पूर्वाधारको विकास, कृषि  जस्ता कार्यक्रमका लागि पर्याप्त बजेट विनियोजन गरिएको छ ।

पालिकाले आज शुक्रबार ११ औं गु सभामा मार्फत संघ, प्रदेश र आन्तरिक राजस्व सहिर ३९ करोड ८२ लाख ३३ हजार ७ सय ९३ रकमको बजेट प्रस्तुत गरेको छ

गाउँपालिका अध्यक्ष देव राज शाहीले नीति तथा कार्यक्रम र गाउँपालिका उपाध्यक्ष अल्किना बमले बजेट प्रस्तुत गर्दै गाउँपालिकालाई समृद्धका लागि अघि बढ्ने बताइएको छ

प्रतिक्रिया दिनुहोस्