स्थानीय समाचार

तीन हजार घरकाे विमा बनाउदै रास्काेट नगरपालिका

३२ जेष्ठ २०८०, बिहीबार ०२:१७
तीन हजार घरकाे विमा बनाउदै रास्काेट नगरपालिका

कालिकाेट । रास्काेट नगरपालिकाले पालिका भित्रका तीन हजार घरधुरिकाे बिमा वनाउने भएकाे छ ।

विपदकाे जाेखिममा रहेका घरधुरिहरुलाई मध्यनजर गर्दै बुधबार बसेकाे कार्यपालिका बैठकले नगरपालिका क्षेत्रमा रहेका घरहरु प्रति बर्ष पहिराे प्रभावित हुने भएकाले घरहरुकाे विमा गरि क्षेतिका जाेखिम हस्तान्तरण गर्न अावश्यक कार्य सुरु गर्ने निर्णय भएकाे नगर प्रमुख धर्मराज शाहीले खबरखाेजलाई जानकारी गराउनु भएकाे छ ।

जिल्लाभरी पहिराेकाे उच्च जाेखिमका अवस्था रहेकाे हुनाले रास्काेट जस्तै सवै स्थानीय तहले विमाकाे सुरुवात गर्नु पर्ने देखिन्छ ।कम्पनी ले न्युनतम ५० हजार देखि अधिकतम ५ लाख सम्म प्राविधिक मुल्यांकनकाे आधारमा दिने  कम्पनीको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्