स्थानीय समाचार

चालू आर्थिक वर्षमा कुनै पनि बिकाश निर्माणका कामको रकम फिर्ता नजाने नगर प्रमुख शाहि

३२ जेष्ठ २०८०, बिहीबार ०२:१३
चालू आर्थिक वर्षमा कुनै पनि बिकाश निर्माणका कामको रकम फिर्ता नजाने नगर प्रमुख शाहि

कालिकोट। रास्काेट नगरपालिका प्रमुख धर्मराज शाहि (पाेषण) ले चालू आर्थिक वर्षमा कुनै पनि बिकाश निर्माणका कामको रकम फिर्ता नजाने बताए।

बिगत वर्षको अनुभवलाई मध्य नजर गर्दै चालू आर्थिक वर्षमा सडक ,शिक्षा, स्वास्थ्य र खानेपानीका कामहरु राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम – ८०% प्रधानमन्त्री राेजगार कार्यक्रम – ६० % र मुख्यमन्त्री ,राेजगार ६० % काम भएकाे र बाकी काम दुई महिना भित्र सम्पन्न  हुने र समपुरक, विशेष अनुदानका याेजनाहरूकाे काम सकिदै छन् ।  यस कारण अब  कुनै पनि बिकासे बजेट फिर्ता नजाने बताए ।

रास्काेट नगरपालिका प्रमुख शाहिले अहिले कामको स्थलगत अनुगमन गरेर अघि बढेको र काममा गुणस्तर कायम भएका योजनाहरुको भुक्तानी दिने पक्रिया अघि बढाइएको बताउनु भयाे । काम सवै वैशाखमा सकिने र थप गर्नु पर्ने काम जेठमा सक्ने असारमा कर्मचारी र उपभोक्ता लाई सास्ती नदिने बताउनु भएकाे छ ।

रास्काेटमा कामको सम्झौता गर्दा स्थानीयको उपस्थिति सहित व्यापक मात्रामा छलफल गरेर मात्र योजना तय हुने भएकाले काममा पनि समुदायको अपनत्व हुने गरेको रास्काेट नगरपालिका निमित्त प्रमुख प्रशासकिय अधिकृत जवानसिंह बमले बताउनु भएकाे छ । पछिल्लो समय रास्काेटमा बाढिपहिरोले क्षेती पुगाएकाेले त्यसको ब्यबस्थापन गर्न नगरपालिका लागि परेको समेत बताउनु भएकाे छ।

प्रतिक्रिया दिनुहोस्