स्थानीय समाचार

रास्काेट नगरपालिकामा ब्यक्तिगत घटना दर्ता शिविर सुरू

३२ जेष्ठ २०८०, बिहीबार ०२:०९
रास्काेट नगरपालिकामा ब्यक्तिगत घटना दर्ता शिविर सुरू

कालिकोट। रास्काेट नगरपालिकाकाे ब्यक्तिगत घटना दर्ता शिविर आज देखि सुरू भएकाे छ। सप्ताहव्यापी संचालन हुने शिविरकाे उद्घाटन एक समाराेहका बीच नगर प्रमुख धर्मराज शाहीले गरेका हुन् ।

नगरप्रमुख शाहीले रास्काेट नगरपालिका वडा नं १ का सताब्दि संज्यालकाे जन्म दर्ता प्रमाणपत्र र जेष्ठ नागरिक माने तिरुवालाई सामाजिक सुरक्षा परिचय पत्र हस्तान्तरण गरि शिविरकाे उदघाटन गरेका हुन् ।

असार १७ देखि २३ गते सम्म संचालन हुने ब्यक्तिगत घटना दर्ता शिविरलाई पुर्णरूपमा अनलाइन प्रणालीबाट संचालन गरिएकाे छ।शिविरकाे उद्रघाटन गर्दे नगर प्रमुख शाहीले रास्काेट नगरपालिकालाई पुर्ण डिजिटल नगरपालिका बनाउने बताएकाछन् ।

उनले जेष्ठ नागरिक ७० बर्ष भन्दा माथि र अति अशक्त ब्यक्तिलाई आगामीआथिर्क बर्षमा घर आँगनमा नै सामाजिक सुरक्षा भत्ता वितरण गर्ने गरि काम भइरहेकाे बताए ।

जनताकाे सेवाका लागि नगर सरकार सदैभ तयार रहेकाे र चुनाबताका धाेषण पत्र क्रमश कार्यान्वयन गरिने नगर प्रमुख शाहीले बताए ।

कार्यक्रमा प्रमुख प्रशासकीय अधिकृत जवानसिहं बमले अबका दिनमा सामाजिक सुरक्षा तथा ब्यक्तिगत घटना दर्ता सम्बन्धि कुनै समस्या नहुने बताए ।

प्रतिक्रिया दिनुहोस्