स्थानीय समाचार

कांग्रेसले एमालेबाट खोस्यो कालिकोटको नरहरिनाथ गाउँपालिका

२८ जेष्ठ २०८०, आईतवार ०२:२९
कांग्रेसले एमालेबाट खोस्यो कालिकोटको नरहरिनाथ गाउँपालिका

कालिकोट। कालिकोटको नरहरिनाथ गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका नगेन्द्रबहादुर विष्ट निर्वाचित भएका छन्। उनले २ हजार ६३६ मत ल्याएर अध्यक्षमा निर्वाचित भएका हुन्।

नेकपा एकीकृत समाजवादीबाट अध्यक्षका उम्मेदवार धिरबहादुर विष्ट २ हजार ४४५ मत ल्याएर पराजित भएका छन्। उनी २०७४ सालको निर्वाचनमा एमालेबाट अध्यक्षमा निर्वाचित भएका थिए।

नरहरिनाथको उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका कमलकुमार शाह निर्वाचित भएका छन्। नेपाली कांग्रेसबाट उम्मेदवार सीता रावलले २ हजार २८३ मत ल्याएकी छन्।

प्रतिक्रिया दिनुहोस्