समाचार

खाँडाचक्र नगरपालिका वडा ४ को योजना तर्जुमा सम्पन्न

२७ जेष्ठ २०८०, शनिबार ११:३३
खाँडाचक्र नगरपालिका वडा ४ को योजना तर्जुमा सम्पन्न

कालिकोट । खाँडाचक्र नगरपालिका वडा नम्बर ४ को आगामी आर्थिक वर्षका लागि योजना तर्जुमा सम्पन्न भएको छ  ।

हिजो शुक्रबार श्री साल डाँडा आधारभूत स्कुलमा खाँडाचक्र ४ वडा वासीहरु र वडा अध्यक्ष प्रभानन्द आचार्यले आगामी आर्थिक वर्षका लागि दुई सय ११ योजना तर्जुमा छनोट भएको छन् ।

यी सबै योजना सम्पन्न गर्ने वडा अध्यक्ष आचार्यले प्रतिबद्धता गरेका छन्। सर्वप्रथम, लोकतान्त्रिक गणतन्त्र स्थापना भएसँगैको स्थानीय तहको दोस्रो निर्वाचनबाट निर्वाचित भएपछिको एक वर्षमा आफुले खाँडाचक्र वडा नम्बर ४ वासीबाट प्राप्त साथ, सहयोग, समर्थन र सकारात्मक सुझावलाई अन्तरात्मादेखि नै स्वीकार गर्न चाहन्छु र सबैलाई हार्दिक धन्यवाद पनि दिन चाहन्छु ।

No description available.

खाँडाचक्र ४ को वार्षिक योजना तथा बजेट तर्जूमा सहभागितामुलक प्रक्रियावाट नतिजामुलक ढंगले भएको छ । वार्षिक योजना र बजेट तर्जुमा गर्नुपूर्व वडा ४ को भौगोलिक, सामाजिक, आर्थिक तथा पूर्वाधार लगायतका क्षेत्रको यथार्थ स्थिती देखिने गरि वस्तुगत विवरण तयार गरिएको थियो । वस्तुगत विवरणको आधारभूत ढाँचा संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले निर्धारण गरे बमोजिम हुने वडा अध्यक्ष आचार्यले बताएका छन् ।

No description available.

सो ढाँचामा नगरपालिकाले आवश्यकता अनुसार थप विवरण समावेश गरी परिमार्जन गर्न सक्नेछ । वस्तुगत विवरण अध्यावधिक गरिने र सबैलाई सार्वजनिक गर्ने अध्यक्षले बताएका छन्।

एक वर्ष कार्यकालमा अध्यक्ष आचार्यले वडामा महिला सेल गठन , करिब एक सय विभिन्न कार्यक्रममा सहभागी भएको जस्ता विषयलाई पनि उनले यस अवधिको उपलब्धिका रुपमा व्याख्या गरेका छन् ।

No description available.

धेरैले विश्वास र भरोसा गरेको युवा नेतृत्वहरु अहिले खाँडाचक्र नगरपालिका छन् । त्यसैले हामीले गल्ती गर्ने र दोष अरुमाथि नै थुपारेर उम्किने छुट पटक्कै छैन । म समावेशी गणतन्त्रमा विश्वास गर्ने भएकाले आत्मगत भन्दा पनि सहकार्य, सहमति र सह अस्तित्वको भावनलाई आत्मबोध गर्दै अघि बढ्नुपर्छ भन्ने ठान्दछु ।

महिले एक बर्षमा ‘बिहानीले दिनको संकेत गर्छ’ भने झैँ केही सकारात्मक कामको थालनी गरी खाँडाचक्र नगरवासीमा आशाको बत्ती बाल्ने प्रयास भने गरेका छौँ । केही सकारात्मक योजनालाई हामीले अघि बढाएका छौँ ।  यो म एक्लैबाट सम्भव भएको भने अवश्य होइन । खाँडाचक्रका कर्मचारी मित्रहरु र वडावासीको एकमुष्ठ साथ, सहयोग, समर्थन र केही नयाँ गरौँ, केही नयाँ देखाऔँ भन्ने नेतृत्वको हुटहुटीको एकमुष्ठ प्रतिफल हो भन्ने मैले ठानेकी छु ।

No description available.

त्यस्तै, हामी केही सकारात्मक थालनीको संकेत दिने दिशातर्फ उन्मुख भएका छौँ तर, यो पूर्ण भने होइन । हामीले गर्नुपर्ने धेरै काम छन् । हामीसँग चुनौतीका पहाड छन् । ती पहाडलाई फुटाउँदै गन्तव्यमा पुग्नुपर्ने छ । त्यसैले अहिले नै हामी हतार गर्ने र थोर–बहुत गरेका कामको पुलिन्दालाई फुकाएर त्यसमा लेपन गरी विज्ञापन गरिहाल्नुपर्छ भन्नेमा पनि छैनौँ ।

प्रतिक्रिया दिनुहोस्