स्थानीय समाचार

गाउँ यातायात सेवा सञ्चालन गर्दै कालिकोटको पलाँता गाउँपालिका

२४ जेष्ठ २०८०, बुधबार १४:०३
गाउँ यातायात सेवा सञ्चालन गर्दै कालिकोटको पलाँता गाउँपालिका

कालिकोट । कालिकोटको पलाँता गाउँपालिकामा माओवादी केन्द्रले गाउँपालिका अध्यक्षसहित सबै वडामा माओवादी केन्द्रका वडाध्यक्ष विजयी भएका छन् । सोमबार बिहान सार्वजनिक भएको निर्वाचनको नतिजाअनुसार गाउँपालिका अध्यक्षसहित आठवटै वडामा माओवादी केन्द्रका उम्मेदवारहरू विजयी भएका हुन् ।

गाउँपालिकाका अध्यक्षमा इन्द्रबहादुर रोकाय, उपाध्यक्षमा अलैपुरा जैशी विजयी भएका छन् । नौवटा वडा रहेको गाउँपालिकामा एउटा वडामा बागी उम्मेदवार विजयी भएका छन् ।

निर्वाचन कार्यालयले गरेको घोषणाअनुसार माओवादी केन्द्रबाट वडा नं. १ मा मनप्रसाद न्यौपाने, वडा नं. २ मा भीमप्रसाद न्यौपाने, वडा नं. ३ मा बाँचे विश्वकर्मा, वडा नं. ४ मा तिलकबहादुर बुढा, वडा नं. ५ मा तिलकबहादुर बम, वडा नं. ६ ज्ञानबहादुर ऐडी, वडा नं. ७ माओवादी केन्द्रकै बागी उम्मेदवार उमेश बम, वडा नं. ८ मा माओवादी केन्द्रकै गोगनबहादुर बम र वडा नं. ९ मा रामबहादुर बम विजयी भएका छन् ।

प्रतिक्रिया दिनुहोस्