स्थानीय समाचार

कालिकोटको पलाँता गाउँपालिकाकाे सबै वडामा माओवादी विजयी

२४ जेष्ठ २०८०, बुधबार १३:५६
कालिकोटको पलाँता गाउँपालिकाकाे सबै वडामा माओवादी विजयी

कालिकोट। कालिकोटको पलाँता गाउँपालिकाका सबै वडामा नेकपा (माओवादी केन्द्र) ले जित हासिल गरेको छ।

सोमबार बिहान सार्वजनिक भएको निर्वाचनको नतिजा अनुसार कालिकोटको पलाँता गाउँपालिकामा अध्यक्ष, उपाध्यक्षसहित सबै वडामा माओवादी केन्द्र विजयी भएकाे हाे।

गाउँपालिकाकाे अध्यक्षमा इन्द्रबहादुर रोकाय, उपाध्यक्षमा अलैपुरा जैशी विजयी भएका छन्। नौ वटा वडा रहेको गाउँपालिकामा एउटा वडामा भने माओवादीकै बागी उम्मेदवार विजयी भएका छन्।

माओवादी केन्द्रबाट वडा नं १ मा मनप्रसाद न्यौपाने, वडा नं २ मा भीमप्रसाद न्यौपाने, वडा नं ३ मा बाँचे विश्वकर्मा, वडा नं ४ मा तिलकबहादुर बुढा, वडा नं ५ मा तिलकबहादुर बम निर्वाचित भएका छन्।

यस्तै वडा नं ६ मा ज्ञानबहादुर ऐडी, वडा नं७ मा माओवादी केन्द्रकै बागी उम्मेदवार उमेश बम, वडा नं ८ मा माओवादी केन्द्रकै गोगनबहादुर बम र वडा नं ९ मा रामबहादुर बम विजयी भएकाे निर्वाचन आयोगले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्